कक्षा ११ को परीक्षाफल प्रकाशित

 असोज ७, २०७६ मंगलबार ११:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

उत्तिर्ण हुनेभध्ये जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २ हजार ३ सय १९ जना, जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने १३ हजार ७ सय ७२ जना, जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ३२ हजार २ सय ५३ जना  र जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने ५४ हजार ८ सय १६ जना रहेको बोर्डले जनाएको छ । 

यसैगरी, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० सम्म ८४ हजार २ सय ३९ जनाले, जीपीए १ दशमलव ६१ देखि २ सम्म ८९ हजार ६ सय ५० जना, जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४३ हजार ३७ जनाले तथा जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० सम्म ८ हजार १ सय ७१ जनाले र ० दशमलव ८० सम्म २१ हजार ३ सय ४६ जनाले ल्याएको पनि बोर्डले जानकारी दिएको छ । 

३१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, आंशिकको ग्रेड बृद्धितर्फको परीक्षामा सहभागि मध्ये ७  हजार १ सय ३२ जना परीक्षार्थी उत्तिर्ण भएको पनि बोर्डले जनाएको छ ।

परीक्षाफल www.neb.gov.np, www.neb.ntc.net.npwww.edusanjal.com मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ । 

यस्तै, मोबाइलबाट १६००  मा एसएमएस  गरेर पनि बुझ्न सकिन्छ । एसएमएसका लागि मोबाइलमा NEB टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार ग्रेडबृद्धिको परीक्षा कात्तिक ३० र मंशिर १ गते हुनेछ । बोर्डका अनुसार एक विषय मात्र अनुत्तिर्ण भएका विद्यार्थीले जुनसुकै विषय भएपनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने २ विषय लागेकाले पहिलो दिन ठुलो कोड भएको विषय र दोश्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ग्रेडबृद्धिका लागि असोज २८ गते भित्रमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम भर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया