राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिकाको वडा नम्बर-७, गल्छीबजार नजिकैको सडक माथिबाट मंगलबार साँझ पहिरो खसेपछि गाडी रोकिएका छन् ।
लेदो माटोसहितको पहिरो सडकमा बग्न थालेपछि दुवैतर्फ गाडी रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।
१० दिनअघि पनि त्यही ठाउँमा पहिरो झरेर राजमार्गमा दुई दिनसम्म अवरोध पुगेको थियो । पानी पर्न कम भएसँगै लेदो झर्न कम भएपछि रोकिएको पहिरो पुनः सडकमा झरेपछि यातायात सञ्चालन हुन नसकेको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।
डोजरले पहिरो पन्छाइरहेको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभएको छ । लगातार लेदो बगिरहेको र उकालो बाटोमा हिलो लेदो भएका कारण सवारी साधन चिप्लिने समस्याले गर्दा आवागमन हुन केही समय लाग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।