दशैँको लागि सार्वजनिक गाडीको रुट परमिट खुला

 असोज ८, २०७६ बुधबार ७:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँको लागि ८ दिनसम्म सार्वजनिक गाडीको इजाजतपत्र अर्थात् रुट परमिट खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो । 

यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न सक्नेछन् । दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ ।

विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाण्डौ भित्रिने ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । अरु गाडीको आवागमनमा समस्या हुने भएकाले ‘मल्टि एक्सल ट्रयाक्टर ट्रेलर’लाई नारायणघाटबाट काठमाण्डौ आउन रोक लगाइएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०७६

तपाईको प्रतिक्रिया