९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास : कर्मचारीसहित ६ जनालाई सरकारी वकिलको कार्यालयमा पेश

 असोज ८, २०७६ बुधबार १७:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ को कित्ता नम्बर १०१ (९२ रोपनी २ आना) सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गरिदिने सरकारी कर्मचारीसहित ६ जनालाई सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गाको किर्ते कागजात बनाएर सुयल हाउजिङ कम्पनी प्रालीको नाममा पास गरिदिने तत्कालीन मालपोत कार्यालय कलंकीका अधिकृत शिवप्रसाद रिमाल र कानुन व्यवसायी राम बहादुर शाहसहित ६ जनालाई पक्राउ गरेको हो । 

त्यसैगरी जग्गा धनी भइ कागजात बनाउने मिनाकुमारी थापा, सुयल हाउजिङ कम्पनी प्रालीको सञ्चालक बन्ने/बनाइने रामकुमार सुयाल थापा, र जग्गा धनी र सुयल हाउजिङको कागजात निर्माणमा संलग्न बाबुराम (शर्मा) रेग्मी र योगेन्द्र पोखरेल छन् । 

उनीहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट लिखितसम्बन्धी कसुर तथा संगठित मुद्दामा अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेश गरिएको सीआईबीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया