ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जना कर्मचारीको ज्यान गयो

 असोज ८, २०७६ बुधबार १९:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा बुधबार नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण शाखाका एक जना कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ ।   

धनकुटाको साँगुरीगढी गाउँपालिका-९, बेदुवाडाँडामा रहेको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर धनकुटा नगरपालिका-९ बेलहाराका ५६ वर्षीय बलबहादुर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सुदर्शन कोइरालाले बताउनुभयो । 

ट्रान्सफर्मर मर्मत गर्ने क्रममा बुधबार दिउँसो एक बजेतिर भण्डारीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका भण्डारीको उपचारको क्रममा दिउँसो साढे ३ बजेको समयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको एसपी कोइरालाले जनाउनुभयो । 

मृतक कर्मचारीको शवलाई धरानमा नै पोष्टमर्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया