सुनचाँदीको भाउ घट्यो

 असोज ९, २०७६ बिहिबार ११:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया