देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बनाउने सरकारको योजना

 असोज ९, २०७६ बिहीबार ११:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले देशभरका ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको छ । नेपाल विद्युत प्राधिकरणले एउटा ठाउँमा तीन वटासम्म गाडी अट्ने गरी चार्जिङ स्टेशन बनाउने योजना अघि सारेको हो ।

त्यसको लागि मुख्य शहरभित्रका मूल सडक तथा मुख्य राजमार्गसँग जोडिएका जग्गा निशुल्क उपलब्ध गराउन पनि प्राधिकरणले आह्वान गरेको छ ।

राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्ट आदिका पार्किङस्थल भएका ठाउँ चार्जिङ स्टेशन बनाउन उपयुक्त हुने प्राधिकरणले जनाएको छ ।

जग्गाको प्राविधिक, आर्थिक, भौगोलिक र अरु आधारमा सम्भाव्यता अध्ययन गरेपछि प्राधिकरणले चार्जिङ स्टेशन निर्माणको लागि जग्गा छनोट गर्नेछ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया