मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
मकवानपुर – हेटौँडा उपमहानगरपालिका–१० काे राप्ती पुल नजिक बसको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । बिहीबार बिहान तीन बजेतिर सिलगुडीबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गएको हो ।
ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो । बसले ठक्कर दिएका यात्रुको घटनास्थलमै ज्यान गएको थियो ।
घटनापछि मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसका चालक झापा दमक नगरपालिका–१० का ३५ वर्षीय सुदन श्रेष्ठलाई पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।