मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिनावारीसम्बन्धी रहेका भ्रमहरुलाई तत्काल हटाउनुपर्ने बताउनुभएको छ ।
नेपाली समाजमा महिनावारी अझै चुनौतीका रुपमा रहेको भन्दै स्कुल, कलेज र काम गर्ने ठाउँमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । ‘मर्यादित र स्वच्छ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ भन्ने नाराका साथ एक्सपोज नेपालले बिहीबार मनाएको १२ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री थापाले यस्तो बताउनुभएको हो ।
संघीय सरकारले स्कुलमा प्याड पुर्याउने नीति ल्याएको र अब पालिकासँग समन्वय गरेर याे नीति हरेक समुदायमा केन्द्रित हुनुपर्नेमा उहाँले जाेड दिनुभयाे । त्यस्तै मन्त्री थापाले एक्सपोज नेपालले गरेको काम सह्रानीय भएको र सरकारसँग बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष ज्ञान महर्जनले माहिनामा झण्डै २५ सयका दरले प्याड बिक्री भैरहेको बताउनुभयो । कार्यक्रममार्फत नेपालका पहिलो 'प्याडम्यान' भनेर चिनिनुभएका महर्जनले देशभरका १७ सय महिलालाई नयाँ प्याडबारे तालिम दिइसकेको बताउनुभयो ।
उहाँको अगुवाइमा ललितपुरको गाबहाल मा सन् २००७ मा स्थापना भएको एक्स–पोज नेपालले महिनावारीसम्बन्धी संकुचता हटाउन तथा घरेलु स्यानेटरी प्याड निर्माण र प्रयोगलाई प्रबर्द्धन गर्दै आइरहेको छ ।
एकल तथा आर्थिक स्थिति कमजोर भएका महिलालाई संस्थाले निःशुल्क तालिम दिँदै आइरहेको छ । पुनः प्रयोग गर्न सकिने घरेलु प्याड, रेडिमेड स्यानेटरी प्याडभन्दा स्वस्थकर र खर्चका हिसाबले राम्रो मानिएको छ । न्यूनतम १५० देखि २०० सम्म पर्ने प्याड दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले खर्च पनि कम लाग्ने आयोजकले बताएको छ ।
सन् २०२० भित्रमा काठमाण्डौ, पोखरा र विराटनगरका ७५ वटा पसलहरुमार्फत प्याड बिक्री गर्ने तयारी भैरहेको संस्थाले जनाएको छ । यस्तै कार्यक्रममा बोल्ने क्रममा प्रदेश नम्बर ३ का सांसद जीवन खड्काले विद्यालयमा छात्राहरुलाई महिनावारीसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।