महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
रसुवा – रसुवागढी नाकामा सवारी व्यवस्थापन हुन नसक्दा सडक अस्तव्यस्तता बढेको छ । सडकमा दैनिक घण्टौँसम्म जाम हुन थालेको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा सवारी व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको हो ।
चाडपर्वका लागि चाहिने सामग्रीको आयात बढेको, साँघुरो सडक र ट्राफिक व्यवस्थापनको काम गर्न नसकिएपछि नाका अस्तव्यस्त भएको हो । टिमुरेमा केही समयअघि प्रहरीले चालक कुटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले व्यवस्थापनमा सक्रियता देखाएको छैन ।
पछिल्लो समय जिल्लामा सवारी जाँच हुन पनि छाडेको छ । जिल्लाभित्र तीनवटा सुरक्षा निकायका एक दर्जन जाँच चौकी भए पनि अहिले स्याफ्रुमा मात्रै चेकिङ हुने गरेको छ । दैनिक २ सयभन्दा बढी सवारी सञ्चालन हुने यो नाकामा अहिले सवारी सञ्चालन गर्न कठिन हुन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।