फ्राइडे रिलिज : आजदेखि ‘रातो टिका निधारमा’

 असोज १०, २०७६ शुक्रबार ११:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ । निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्रलाई यस वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ । अंकित यस अघिको चलचित्र जय भोलेमा निर्माताका रुपमा थिए ।

उनले जयभोलेमा सहायक निर्देशकका रुपमा समेत काम गरेका थिए ।

चलचित्र ‘रातो टिका निधारमा’मा  अभिनेत्री नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री नीता ढुंगाना रवीन्द्र झाको जोडीका रुपमा प्रस्तुत भएको बताइएको छ ।

–उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया