महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
दोलखा – भीमेश्वर नगरपालिका–९ मा आफैले चलाउँदै आएको ट्रकले किच्दा चालकको ज्यान गएको छ ।
ट्रक चलाउन स्टेरिङमा जाने क्रममा ट्रकको अगाडिको चक्काले किच्दा ३५ वर्षीय विजय तामाङको ज्यान गएको हो ।
शुक्रबार दिउँसो सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालको अक्सिजनको खाली सिलिण्डर लोड गरेर गाडीमा चढ्ने क्रममा तामाङलाई ट्रकको अगाडिको टायरले किचेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
ट्रकले किच्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा ज्यान गएको हो ।
ट्रकमा सहचालक पनि नभएको र ओट पनि नभएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।