विश्व पर्यटन दिवस: भक्तपुर आउने पर्यटकको पहिलो समूहलाई फूलमाला र भादगाउँले टाेपी

 असोज १०, २०७६ शुक्रबार २०:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – ४० औँ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार भक्तपुर नगरपालिका प्रवेश गर्ने पर्यटकको पहिलो समूहलाई भक्तपुर नगरपालिकाले भव्य स्वागत गरेको छ । 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विभिन्न देशका विदेशी पर्यटकहरुको पहिलो समूहलाई भक्तपुर दरबार क्षेत्रको ढोकामा फूलमाला, भादगाउँले टोपी, पिक्टोरियल बुक, भक्तपुरको मौलिक उत्पादन मायाको चिनो प्रदान गरेर स्वागत गर्नुभएको हो । 

‘सबैको राम्रो भविष्यको लागि पर्यटन र रोजगारी’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिले संयुक्तरुपमा आयोजनामा भक्तपुर प्रवेश गर्ने चीन, नेदरल्याण्ड्स, फ्रान्स र स्विडेन गरी चार देशका १२ जना पर्यटकहरुलाई नगरपालिकाले स्वागत गरेको हो ।  

कार्यक्रममा मेयर प्रजापतिले विक्रम संवत २०७२ सालको भूकम्पका कारण भक्तपुरका सांस्कृतिक सम्पदा र मठ–मन्दिरहरुमा क्षति पुगेको र विदेशीहरुको आर्थिक सहयोगबिना नै पुनर्निर्माण सम्पन्न भैसकेको बताउनुभयो । 

भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी, भक्तपुर नगरपालिका पर्यटन तथा वातावरण समितिका अध्यक्ष रवीन्द्र ज्याख्व र पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको सम्पदा र पर्यटनको महत्वमाथि चर्चा गर्नुभएको थियो । 

स्वागत कार्यक्रममा लाखे प्याखं र माक प्याखं पनि प्रस्तुत गरिएको थियो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया