शौच गर्न गएका व्यक्तिलाई खोलाले बगायो

 असोज १०, २०७६ शुक्रबार १९:३५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – मोरङको लेटाङ नगरपालिका–२, हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगरको नक्सल खोलाले बगाएर ज्यान गएको छ ।

शुक्रबार बिहान दिसा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

सरकारले यही आउँदो असोज १३ गते नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दैछ । तर त्यसैको पूर्वसन्ध्यामा घरमा शौचालय नभएर खोलामा शौच गर्न गएका नागरिकले ज्यान गुमाउनु परेको छ ।

सबै नागरिकका घरमा शौचालय नभएको अवस्थामा सरकारले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने हतार गरेको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया