भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन मातहतका कर्मचारीलाई डीआईजी थापाकाे निर्देशन

 असोज १०, २०७६ शुक्रबार २०:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले मातहतका कर्मचारीहरुलाई भष्ट्राचारमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभएकाे छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख क्षेत्रीले शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरमा भएकाे कार्यक्रममा परिसर तथा मातहत कार्यालयका प्रमुखलगायत अन्य प्रहरी कर्मचारीहरुलाई चाडपर्वको नाममा हुने अवैध नगद तथा जिन्सीको रुपमा दान उपहार स्वीकार नगर्न, निष्पक्ष अनुसन्धान गर्न,  पूर्ण व्यावसायिक भएर इमान्दारीका साथ कर्तव्य पालन गर्न तथा प्रहरीको आचरण तथा व्यवहारमा विशेष ध्यान दिन निर्देशन दिनुभयाे ।

साथै उहाँले निकट भविष्यमा हुन गइरहेको चिनियाँ राष्ट्रपतिको भ्रमणकाे सुरक्षा सम्वेदनशीलताको बारेमा पनि प्रकाश पार्नुभयाे ।

कार्यक्रममा ललितपु परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले प्रहरी नायब महानिरीक्षक क्षेत्रीबाट प्राप्त निर्देशनलाई मातहतका कर्मचारीहरुबाट समेत पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया