महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
मोरङ – समानन्द यादव हत्या प्रकरणको बहसका लागि अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिएका छन् ।
हत्या प्रकरणको थुनछेक बहसका लागि विराटनगर–१४, मा रहेको घरबाट जिल्ला अदालत आउँदै गरेका गरेका पीडित परिवारका सदस्य बाटोमै कुटिएका हुन् ।
समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवका आफन्तहरुले समानन्दकी श्रीमती किन्दुलादेवी यादवमाथि बाटो छेकेर कुटपिट गरेका हुन् ।
यसैबीच समानन्द यादव हत्याका ओरापी विराटनगर–१४, का २७ वर्षीय दिपेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले हत्या प्रकरणमा पक्राउ परेका यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालतको आदेशपछि यादव जिल्ला कारागार मोरङ चलान भएका छन् । समानन्द हत्या प्रकरणमा तीन जना जनप्रतिनिधिसहित नौ जना अझै फरार छन् । अदालतले हत्या प्रकरणमा फरार रहेकाहरुको हकमा पक्राउ पूर्जीसहितको म्याद जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । शुक्रबारको बहसपछि अदालतले पक्राउ पूर्जीसहितको २१ दिने म्याद जारी गरेको हो ।
यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर–१८ का अध्यक्ष सञ्जय साह, जहदा गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष प्रदीपचन्द यादवलगायत विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव फरार छन् ।
आफूले खाजेको केटीसँग विवाह नगरेको भन्दै जेठ ३२ गते वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको उपचारको क्रममा असार २७ गते मृत्यु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।