महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – शुक्रबार विश्व रेबिजविरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 'खोप लगाऔं, रेबिज उन्मूलन गरौँ' भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाँइदैछ ।
कुकुर लगायत जनावरले टोक्ने बित्तिक्कै सुई लगाए रेबिजको संक्रमण नहुने डाक्टरले बताएका छन् । ९९ प्रतिशत कुकुरको टोकाइबाट मानिसमा रेबिज लाग्ने गरेको र कुकुरले टोक्नेबित्तिक्कै रेबिज विरुद्धको सुई लगाए डराउनु नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका प्रवक्ता डाक्टर अनुप बास्तोलाले बताउनुभयो ।
रेबिज लागेमा टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने, चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने लगायतका लक्षण देखा पर्छन् । शहरी क्षेत्रमा कुकरले टोक्ने बित्तिक्कै सुई लगाउन सकिने भए पनि गाउँघरमा भने अस्पताल तथा स्वास्थ्य चौकी टाढा हुने भएकाले सुई नलगाइ बस्न नहुने उहाँ बताउनुहुन्छ ।
कुकुरले टोक्ने बितिक्कै सुई लगाउन सुविधा नभए पनि दुई/तीन दिन भित्रमा सुई लगाउँदा पनि हुने र दुई/तीन दिनमा पनि सुई लगाउने सुविधा नभए तीन/चार महिनामा भए पनि सुई लगाउनुपर्ने बास्तोलाले बताउनुभयो ।
सन् २०३० सम्ममा रेबिजबाट हुने मानिसको मृत्यु शून्यमा झार्न सरकार पनि लागि परेको उहाँको भनाइ छ । एक ब्यक्तिबाट अर्को व्यक्तिमा र्यालबाट मात्रै सर्ने रेबिज छुँदा भने सर्दैन ।
रेबिजबारे जान्नै पर्ने केही कुरा
रेबिज भाइरस नशाबाट हिँड्छ । यो नशाबाट दिमागमा जान झण्डै दुई तीन महिना लाग्छ । कुकुरले टोक्नेबित्तिकै रेबिजविरुद्धको सुई दिएर शरीरमा शक्ति बनाउन सकियो भने दिमागमा नपुग्दै उत्रिन्छ र रेबिज संक्रमण हुन पाउँदैन ।
शंकास्पद कुकुरले टोकेको छ भने सकेसम्म छिट्टै सुई लगाउनुपर्छ । यो भाइरस नशाबाट दिमागमा पहिला जान्छ । दिमागमा पुग्ने बित्तिकै लक्षणहरु देखा पर्न थाल्छन् । त्यसपछि यो र्यालमा देखा पर्न थाल्छ । रेबिज भएको व्यक्तिको र्यालको संसर्ग र छिर्ने ठाँउ आँखामा, नाकको न्युकोजा र घाउ भएको ठाउँमा पर्याे भने सर्ने जोखिम धेरै हुन्छ ।
रेबिज नियन्त्रणका लागि कुकुर मारेको घटनाहरु बहिर आइरहेको छ । उनीहरुको पनि आफ्नो अधिकार हुन्छ, यस्तो अमानवीय काम गर्न हुँदैन । कुकुरलाई बन्ध्याकरण गर्ने कार्यहरु पनि भएको थियो । बन्ध्याकरण महँगो पनि हुन्छ, यो गर्नाले जनसङख्यामा मात्र कमी आउँछ । रेबिज नियन्त्रण हुँदैन ।
जनावरमा जबसम्म रेबिज नियन्त्रण गर्न सकिँदैन तबसम्म मानिसमा रेबिज नियन्त्रण गर्न निकै कठिन हुन्छ । रेबिज नियन्त्रणका लागि सबैभन्दा सहज तरिका हाम्रो वरिपरि रहेका कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्छ ।
मानिसमा लगाइने रेबिजविरुद्धको सुई लगाउने वातावरण मिलाउनुपर्छ । कुकुरले टोकेको हरेक मानिसलाई सुई लगाउनुपर्छ र त्यसबारे सुसूचित गराउनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।