गुडिरहेकाे बसमा ढुंगा खस्दा चालकसहित पाँच जना घाइते

 असोज ११, २०७६ शनिबार १४:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा शनिबार दिउँसो चालकसहित पाँच जना घाइते भएका छन् । 

पाल्पा–बुटवल सडकको तिनाउँ गाँउपालिका–३ हेडबक्समा २० जना सवार लु १ ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुङ्गाले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पाबाट बुटवल जाँदै गरेको बसमा ढुङ्गाले लाग्दा तिलोत्तमा नगरपालिका–४ का ३५ वर्षीय चालक कमल राउत, बसमा सवार वालिङ्ग नगरपालिका १४ कि ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु र तिनाउँ–६ पाल्पाका ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी गाँउपालिका–५ का २३ वर्षीइ संतास चौहान घाइते भएका हुन् । 

घाइतेहरुको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया