राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – गएको भदौ १० गते एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको थियो ।
तीन महिनाभित्र यो निर्णय कार्यान्वयन गर्ने उल्लेख थियो । तत्कालै वायुसेवा कम्पनीहरुले मन्त्रीको घोषणालाई कार्यान्वयन गर्न नसकिने बताएका थिए तर मन्त्री भट्टराईले भने जसरी पनि निर्णय लागू गराएरै छाड्ने अडान लिनुभयो ।
मन्त्री पछाडि नहट्ने देखेपछि वायुसेवा सञ्चालक संघले ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट त दिने भनेको छ तर धेरैलाई जिल्लै पार्ने गरी । किनकि ५० प्रतिशत हवाई भाडा छुटको लागि शर्तैशर्त छन् ।
वायुसेवा सञ्चालक संघको निर्णयअनुसार ५० प्रतिशत हवाई भाडा छुटको लागि ७० वर्ष नाघेका वृद्धवृद्धा आफू स्वयं हवाई कम्पनीको कार्यालयमा गएर विपन्न भएको घोषणा गर्नुपर्नेछ ।
यस्तै यो निर्णय माथिल्लो सीमाको हवाई भाडा दरमा लागू हुने संघले जनाएको छ । यस्तो अवस्थामा छुट पाएको रकमभन्दा सामान्य टिकट नै सस्तो हुने देखिन्छ ।
यस्तै ट्रंक रुटमा एउटा उडानमा दुई जनालाई र स्टल रुटमा एक जनालाई मात्रै छुट दिन सकिने संघले जनाएको छ ।
नेपाल वायुसेवा निगमले असोज १ गतेबाट लागू हुने गरी आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ । त्यस्तै श्री एअरलाइन्सले पनि ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट र ८५ वर्ष नाघेकालाई ५ सय रुपैयाँमा उडाउने घोषणा गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।