राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगामा शुक्रबारको भन्दा जाम केही कम भए पनि यात्रुलाई सहज भने भएको छैन ।
अहिले काठमाण्डौबाट बाहिरिनेभन्दा पनि भित्रने गाडी चापमा चलिरहेका छन् । ट्राफिक प्रहरीले त्यति धेरै जाम नभएको दावी गरिरहँदा यात्रु र चालकले भने घण्टाैँ जाममा बस्नुपरेको बताएका छन् ।
काठमाण्डौ बाहिर जाने गाडी एक घण्टा जतिमा नागढुंगा कट्न सके पनि भित्रने गाडीलाई नौबिसेबाट नागढुंगा आउन कम्तीमा दुई–तीन घण्टा लाग्ने गरेको छ ।
सडक मर्मत र दशैँका लागि भित्रिएका मालवाहक गाडीका कारण केही दिनयता यो सडकखण्डमा जाम बढेको हो । जाम बढेपछि हिजोदेखि सडक मर्मतको काम रोकिएको छ ।
सामान बोकेर आउने ट्रकलाई पनि दिउँसो चलाउन रोक लगाइएको छ । यसले हिजो अस्तिको तुलनामा जाम केही कम भए पनि सहज भैसकेको छ । पानी परेपछि गाडी चिप्लँदा पनि जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
घण्टौँसम्म जाममा बस्नुपर्दा राजमार्गका पसलले खानेकुराको भाउ मनलाग्दी रुपमा बढाएका यात्रुले गुनासो गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।