स्वर्गीय नेता अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्छ : वरिष्ठ नेता नेपाल

 असोज ११, २०७६ शनिबार १८:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताउनुभएकाे छ ।

नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गर्नुभयाे ।

२०५१ सालमा तत्कालीन एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पुर्‍याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गर्नुभयाे ।

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गर्नुभयाे । ०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको बताए । 

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारी लगायतले उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया