राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
चितवन - चितवनमा ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रमका लागि गएका ज्ञानेन्द्र शाहीलाई उनीहरु बसेकाे ग्लाेबल हाेटलबाट निस्कँदै गर्दा नचिनेका मानिसहरुले कुटपिट गरेका छन् ।
कुटपिटबाट सामान्य घाइते भएका अभियन्ता शाहीलाई प्रहरीले उद्धार गरी चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण काेइरालाले जानकारी दिनुभयाे ।
स्थानीय चाैबिसकाेठीमा राखिएकाे ‘नेपालका लागि नेपाली’ अभियानकाे खबरदारी सभामा सहभागी हुन अधिवक्ता सुरेन्द्र भण्डारी र शाही चितवन पुगेकाे भनिए पनि चितवन प्रहरीले भने आफूलाई यसबारेमा पूर्व जानकारी नभएकाे बताएकाे छ ।
स्थानीय ग्लाेबल हाेटलबाट कार्यक्रमस्थल जाने क्रममा नचिनेका मानिसहरुकाे समूहले हातपात गरेकाे र त्यसपछि मात्र प्रहरीमा झडपका बारेमा खबर आएकाेले प्रहरी परिचालन तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएकाे प्रवक्ता काेइरालाले बताउनुभयाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kiran Limbu
Sept. 29, 2019, 2:07 p.m.सरकारले गुण्डागर्दी बन्द गर्नु पर्छ । छाडातन्त्रलाई जनताले लामो समय सहन्न होला ।