राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
प्रेम गर्नेहरु एक अर्कालाई मुटु दिन पनि तयार हुन्छन् । तर आफ्नै मुटुलाई प्रेम गर्न भने धेरैले जानेका हुँदैनन् । डाक्टरहरुको भनाइमा धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै हुन्छ ।
‘अस्वस्थ खानपान र जीवनशैलीका कारण हिजोआज सबै उमेरका मानिसलाई मुटु रोग लाग्ने गरेको छ, त्यसैले आफ्नो मुटुलाई माया गर्ने हो भने यो कुरामा ध्यान दिनुपर्छ’ मुटुरोग विशेषज्ञ डा. अमित श्रेष्ठले भन्नुभयो ।
पछिल्लो समय तयारी खानेकुरा खाने, घर बाहिर खाने, चिल्लो, बोसोयुक्त खानेकुराका साथै रक्सी, चुरोट खाने तर व्यायाम नगर्ने कारणले मुटुका रोगी बढेको उहाँको भनाइ छ ।
६० वर्ष उमेर कटेका तथा मधुमेह र दमको समस्या भएकालाई पनि मुटु रोगको जोखिम धेरै हुन्छ । सामान्यतया एक मिनेटमा मुटुको चाल ५० भन्दा धेरै र १ सयको बीचमा हुनुपर्नेमा त्यसभन्दा फरक भएमा मुटुमा समस्या छ भनेर बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
चिल्लो तथा बोसो भएको खानेकुरा कम खाने, कसरत गर्ने र नुन कम खान सके मुटु रोग लाग्नबाट केही हदसम्म बच्न सकिने उहाँको भनाइ छ ।
आइतबार मुटु रोग, यसबाट बच्ने उपाय र उपचार बारे चेतना फैलाउँदै विश्व मुटु दिवस मनाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।