महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
धादिङ – धादिङको केरुन्जामा गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
धादिङको धादिलापाङबाट धादिङबेसीको लागि छुटेको बा ४ ख ५७९३ नम्बरको गाडी नेत्रावती डबजोङ गाउँपालिका–५ केरुन्जामा दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
गाडी अनियन्त्रित भइ झण्डै चार सय ५० मिटर तल खेतमा खस्दा तीन जना महिला र दुई जना पुरुषगरी पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका ६४ वर्षीय दलबहादुर तामाङ, ५५ वर्षीया हस्तकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ, ४८ वर्षीय राजु परियार र ६० वर्षीया सन्तमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भैरहेको धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।