राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाैको वसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्ने सम्झौता छ ।
टेण्डर गर्ने कि उपभोक्ता समिति मार्फत गर्ने भन्नेमा कुरा नमिकाले आगमछेंको पुनर्निर्माण अघि बढ्न सकेको थिएन । उपभोक्ता समितिमार्फत पुनर्निर्माण गर्ने सहमति भए पनि पुनर्निर्माणका क्रममा मन्दिरको माथिल्लो भागलाई काठको टेको लगाएर अड्याउने कि ज्याक लगाएर भन्नेमा सहमति हुन भने बाँकी छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुरक्षित तरिकाले मन्दिरको पुनर्निर्माण गर्नुपर्ने तर प्राविधिक पक्षमा धेरै अल्झिन नहुने बताउनुभयो । ललितपुर महानगरपालिकाले उपभोक्ता समितिमार्फत नै देगु तलेजु मन्दिर पुनर्निर्माण गर्न माग गरेको थियो ।
पाटन संरक्षित स्मारक क्षेत्रभित्र पर्ने देगु तलेजु मन्दिरको पुनर्निर्माण कार्य ललितपुर महानगरपालिकाबाट गठित देगु तलेजु मन्दिर उपभोक्ता समिति मार्फत गर्न स्वीकृत दिने कार्यकारी समितिको निर्णयमा उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।