नागढुंगाको जाम हट्यो: ग्रामीण क्षेत्रसँग जोडिएका सडकको अवस्था भने अझै असहज

दशैँका लागि झण्डै दुई लाख यात्रु काठमाण्डाैबाट बाहिरिए

 असोज १२, २०७६ आइतबार २१:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसपालिको दशैँका लागि काठमाण्डाैबाट झण्डै दुई लाख यात्रु बाहिरिएका छन् । यो संख्या साेमबारदेखि अझ बढ्दै जानेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डाैसँग जोडिएका विभिन्न नाकाबाट आइतबारसम्म झण्डै दुई लाख यात्रु बाहिरिएका छन् । केही दिनदेखि लामो जाम हुने गरेको मुख्य नाका नागढुंगामा जाम हटेको छ ।

आइतबार बिहानदेखि अहिलेसम्म यो नाका हुँदै सजिलै गाडी चलिरहेका छन् । आजदेखि १८ गतेसम्म काठमाण्डौबाट चितवनको नारायणघाटसम्म १० चक्के र त्यसभन्दा ठूला गाडी र लरीलाई प्रवेशमा रोक लगाइएकाले पनि जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, ग्रामीण क्षेत्रसँग जोडिएका सडकको अवस्था भने अस्तव्यस्त छ । लगातारजसो परेको झरीका कारण दोलखा, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, पाँचथर, सर्लाहीलगायतका जिल्लाका ग्रामीण सडक अस्तव्यस्त भएका हुन् । यस्ता सडकका कारण दशैँका लागि गाउँघर जान र आवश्यक सामान लैजान सास्ती भएको  छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया