प्याजको भाउ बढ्यो, काठमाण्डौमा किलोको १ सय ३५ रुपैयाँ

 असोज १३, २०७६ सोमबार ८:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्याजको भाउ सोमबार किलोमा ३० रुपैयाँ बढेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताउनुभयो । 

नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने उहाँको भनाइ छ । कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरेको छ  ।

केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेपछि हैरान भएका उपभोक्तालाई चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ । नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया