राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताउनु भएको छ ।
गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेकोले त्यसको प्रतिवाद कांग्रेसले सदन र सडकबाट गर्ने चेतावनी दिनुभयो ।
संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गर्नुभयो । सरकार अलोकप्रिय भइरहेको पीडा पोख्न नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आक्रमणमा उतार्न थालेको भन्दै उहाँले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने बताउनुभयो ।
‘संविधान निर्माणको अगुवाई गरेको कांग्रेसको दायित्व संविधानको संरक्षण पनि हो ’ थापाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।