रहेनन् ‘शोले’ का ‘कालिया’

 असोज १३, २०७६ सोमबार १४:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडको चर्चित चलचित्र ‘शोले’ मा कालियाको महत्वपूर्ण भूमिका निभाउने विजू खोटेको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । सोमबार बिहान आफ्नै घरमा उनको निधन भएको हो ।

विजू खोटेकी भाञ्जी अभिनेत्री भावना बालसावरले भनिन्, ‘सोमबार बिहान ६ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको हो । स्वास्थ्य अवस्था खराब भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो र केही दिनअघि मात्र उहाँ घर फर्कनुभएको थियो ।’

हिन्दी चलचित्रका साथै कैँयौ मराठी चलचित्रमा उनको उत्कृष्ट अभिनयलाई लिएर प्रशंसा गरिएको छ । 

विजू खोटेको निधनको खबरले बलिउड उद्योग नै शोकमा डुबेको छ । धेरैले उनको निधनको खबरप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

‘शोले’को भूमिकाले पहिचान दियो 

‘शोले’ को गब्बर सिंहको प्रश्न ‘तेरा क्या होगा कालिया’ को जवाफमा कालियाको डराएको अनुहार ‘शोले’ चलचित्र हेर्ने सबैलाई थाहा हुन्छ ।

लामो र बाक्लो जुँगा भएको व्यक्ति विजू खोटेले नै चलचित्रमा कालियाको भूमिका निभाएका थिए । विजू खोटेको कालिया भूमिका निकै छोटो थियो तर पनि आज त्यो भूमिका उत्तिकै लोकप्रिय छ । 

सन् १९९४ मा आएको निर्देशक राजकुमार सन्तोषीको चलचित्र ‘अन्दाज अपना-अपना’मा आमिर खान र सलमान खानको महत्वपूर्ण भूमिका थियो तर चलचित्रमा ‘रोबर्ट’को मन छुने भूमिका थियो । 

‘गलती से मिस्टेक हो गया’

रोबर्टको डायलग ‘गलती से मिस्टेक हो गया’ यति चर्चित भयो कि आज पनि मानिसहरु यसलाई दोहोर्‍याउँछन् । 

विजू कैँयौ टीभी शो र मराठी नाटकमा पनि देखिएका छन् । उनले अन्तिम पटक सन् २०१८ को चलचित्र ‘जाने क्यूं दें यारों’मा काम गरेका थिए ।   

उनले तीन सयभन्दा बढी मराठी र हिन्दी चलचित्रमा काम गरेका छन् । उनको यादगार चलचित्ररुमा 'चाइना गेट', 'कयामत से कयामत तक', 'कर्ज', 'गोलमाल-३' लगायत सामेल छन् । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया