नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित

 असोज १३, २०७६ सोमबार १४:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

उहाँले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट  नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराउनुभयो ।

सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका धेरैजसो जिल्लाहरुमा अझै पनि शौचालयको पूर्ण कार्यान्वयन हुन सकेको छैन । तर, यसलाई पूर्ण सरसफाइ अभियानसँगै पूर्णता दिने ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवम् राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले बताउनुभयो ।

कतिपय जिल्लाहरुमा सबै घरमा चर्पी नै बनाइसकिएको छैन । केही घरमा चर्पीको प्यान जडान गरेको भए पनि प्रयोगमा आएकै छैन । खोलामा ढल बगिरहेकै छ । सार्वजनिक शौचालयको अभाव त कुरै नगरौँ, आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय नै भेटिँदैन । यस्ता समस्याकै बीचमा नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतार गर्नु सरकारको हतारो र काम देखाउने प्रवृृत्ति मात्र रहेको धेरैको आरोप छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया