राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको बीउ नक्कली भएको हुन सक्ने आशंकासहितको प्रतिवेदन अध्ययन समितिले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ ।
बीउ नक्कली भए नभएको एकिन विवरण भने धानको डीएनए फिंगर प्रिन्ट परीक्षणपछि मात्र पत्ता लाग्ने छ । बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डीएनए परीक्षणको प्रक्रिया सुरु गरिसकेको समितिले जनाएको छ । समितिका सदस्य एवं बालिविज्ञान महाशाखा खुमलटारका वैज्ञानिक सुशीलराज सुवेदीका अनुसार त्यो धानको बीउ रोपेको ७ दिनमा पात लाग्ने छ र पात लागेपछि मात्र डीएनए परिक्षण गर्न मिल्ने छ । त्यसको ३ दिनमा डीएनएको नतिजा आइसक्ने छ ।
गरिमा जातको हाइब्रिड भनिएको धानमा एक सय २० देखि २५ दिन भित्र पाक्नु पर्ने विशेषता भएको भनिए पनि त्यो अवधिमा बाला नै नलागेको भनेर गुनासो आएपछि मन्त्रालयले अध्ययन गर्नको लागि समिति गठन गरेको थियो ।
राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्यीय समिति गठन गरिएको थियो । समितिले स्थलगत अनुगमन, निरीक्षण र किसानसँग छलफल र अन्तरकृया गरी तयार पारेको प्रतिवेदन मन्त्री खनाललाई बुझाएको हो ।
नेपालगञ्जका देवानजंग चौधरी म्यानेजिङ डाइरेक्टर रहेको साउथ इस्ट एसियन सीड कम्पनी प्राइभेट लिमिटेडले यो वर्ष त्यस धानको बीउ नेपाल भित्र्याएको थियो । चितवनमा भने सुदीपकुमार पाठकले सञ्चालन गरेको प्रशान्त एग्रोभेटले वितरण गरेको थियो । त्यस एग्रोभेटबाट ९ हजार किलो बीउ चितवनमा र साढे ४ हजार किलो बीउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँमा वितरण गरेको पाइएको समितिले जनाएको छ ।
२०७२ सालमा गरिमा हाइब्रिड जातको बीउ नेपालमा रजिष्टर भएको थियो । यसअघि समस्या नभए पनि यो पटक भित्र्याइएको बीउ गरिमा नभइ मध्यम खालको ल्याएर ‘चिटिङ’ भएको हुन सक्ने समितिको अनुमान छ ।
समितिका सदस्य एवं बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका निमित्त प्रमुख केशव देवकोटाका अनुसार ‘मोर्फोलोपिजकल टे«ट’ हेर्दा र बाली पाक्ने अवधिको हिसाबले खडा बाली दर्ता भएको गरिमा हाइब्रिडसँग मेल नखाएको देखिएको छ । दर्ता गरिएको हाइब्रिड जातको धान र स्थलगत निरीक्षण गरिएको गरिमा धानका जातीय विशेषता पनि फरक पाइएको उहाँको भनाइ छ ।
प्रतिवेदन बुझिसकेपछि मन्त्री खनालले त्यो धानको बीउ नेपाल सरकारले दर्ता गरेको गरिमा जातको नभएको पाइएमा कानुनी कारबाही गर्ने बताउनु भएको छ । दोषी पाइएमा किसानलाई क्षतिपूर्ति दिलाइ किसान ठग्ने कम्पनीको लाइसेन्स खारेज गरी गरिमा जातलाई नेपालबाटै हटाउने मन्त्री खनालले चेतावनी दिनुभएको छ । डीएनएको रिपोर्ट आएपछि थप कारबाही अघि बढाउने मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।