भोजपुरबाट १२ जना जुवाडे पक्राउ

 असोज १३, २०७६ सोमबार १८:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – षडानन्द नगरपालिका-१ बाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट १६ थान कौडा र ३९ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय घरधनी एकराज कार्की, ५५ वर्षीय सिताराम कार्की, २४ वर्षीय दिपबहादुर खत्री, २५ वर्षीय रविन कार्की र १५ वर्षीय पुजन कार्की रहेका छन् । 

त्यस्तै १९ वर्षीय रिजन कार्की, ५० वर्षीय मानबहादुर लुइँटेल, २३ वर्षीय भिमराज राई, ३३ वर्षीय मोहन राई, २० वर्षीय सुरेन्द्र कार्की, २८ वर्षीय बुद्ध राई र ३५ वर्षीय राजेन्द्र राई पक्राउ परेका हुन् ।

प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुर (जुवा) शीर्षकमा १० दिन म्याद थप गरेर अनुसन्धान थालेको जनाएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया