राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरुको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ ।
नेपाल पत्रकार महासंघको आह्वानमा सोमबार रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरुको तत्काल पुनर्वहाली गर्न सरकारसँग माग गर्दै काठमाण्डौको नयाँ बानेश्वरमा धर्ना दिइएको हो ।
१० वर्षसम्म रेडियो नेपालमा कार्यरत पत्रकारहरुको पुनर्वहालीको माग गर्दै सडक आन्दोलन सुरु गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । महासंघले सरकारले तत्काल आफूहरुको मागको सुनुवाइ नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनुभयो ।
अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू गराउन पनि सरकारलाई पटकपटक सचेत गराउनुभयो ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट बर्खास्त गरिएका डोटीका पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै रेडियो नेपाल, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले पनि आन्दोलन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।