सभामुख महरामाथि लागेको आरोपबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

 असोज १४, २०७६ मंगलबार ११:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक छलफल गरिरहेको छ ।

आन्तरिक छलफलका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ ।

नेकपाबाट सभामुख चुनिनुभएका महरामाथि सांसद सचिवालयमा नै काम गर्ने कर्मचारिले बलात्कारको आरोप लगाएपछि अब कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बुझिएको छ ।

आइतबार राति सभामुख महराले संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीको डेरामै गएर बलात्कार गरेको ती कर्मचारीले आरोप लगाएकी छिन् । 

सभामुख महराको सचिवालयले भने महरामाथिको आरोपको खण्डन गर्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया