पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
कालिकोट – खाँडाचक्र नगरपालिका–५ बिहानी खोला नजिकै बा १ क ८९२५ नम्बरको एक्स्काभेटर पल्टिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेख ठाटीकाध–३ का ३५ वर्षीय भरतबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
दाहाको तेस्रो बजारबाट बिहानी खोलातर्फ आउँदै गरेको एक्स्काभेटर दुर्घटनामा परेको हो ।
दुर्घटनापछि दाङ बबई गाउँपालिका–१ वर्ष २८ का एक्स्काभेटर चालक टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । एक्स्काभेट चलाउन सिक्न खोज्दा पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।