साझा पार्टीले माग्यो सभामुख महराको राजीनामा

 असोज १४, २०७६ मंगलबार १२:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साझा पार्टीले यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ । आरोपको निष्पक्ष छानबिन गर्न र घटनाको सत्य तथ्य उजागर गर्न सहयोग पुर्‍याउन पनि सभामुख महराले तुरुन्त राजीनामा दिन साझाले माग गरेको हो ।

साझा पार्टीले जारी गरेको विज्ञप्तीमा देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाइका साथ पेश हुनु पर्नेमा सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ? भन्ने प्रश्न पनि उठाइएको छ ।

सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलाले लगाएको बलात्कारको आरोप र हालसम्म प्राप्त सूचनाको गाम्भीर्यलाई हेर्दा राजीनामा दिनुको अर्को बाटो नरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।  

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया