कांग्रेसकाे प्रश्न: सभामुख महराले कस्ताे राजीनामा दिएकाे हाे?

 असोज १४, २०७६ मंगलबार १६:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - सभामुख पदबाट कृष्णबहादुर महराले दिएको राजीनामा पत्रलाई अझै प्रष्ट पार्न नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व तहलाई आग्रह गरेको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लगेपछि महराले सभामुख पदबाट राजीनामा दिनुभएको छ । 
महराले दिएको राजीनामा पत्रमा समय छानबिन प्रकृया नसकिउन्जेलसम्मका लागि भनेर किटान गरे जसरी आएकाले त्यसलाई प्रष्ट पार्न कांग्रेसले आग्रह गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महराले पदबाट राजीनामा दिएको कि कार्यवाहक सुम्पेको? भन्दै प्रश्न उठाउनुभएको छ । राजीनामा दिने व्यक्तिले नै यति समयका लागि राजीनामा दिन्छु भनेर आफैँले समयावधि किटान गर्नु उचित नभएको पनि उहाँले बताउनुभयो ।

राजीनामा पत्रमा छानबिन नसकिउन्जेल भनिएकाले अब छानबिन गर्न एक वर्ष लाग्यो भने पनि अहिलेको संसद सभामुखविहीन भएर कार्यवाहककै भरमा चल्ने हो भन्दै प्रश्न पनि गर्नुभयो । 

यस्तै छानबिनबाट कुनै प्रकारको रिपोर्ट आएर जोगिए फेरि फर्कन्छु भन्ने मानसिकता अनुसार राजीनामा आएको हो कि वा दण्डित हुने कुरा नेपालको कानुनले राख्नु पर्नेमा आफैँ समय तोकेर राजीनामा गर्नु उपयुक्त नभएको बताउनुभयो ।

सभामुखमाथि लागेको आरोप दुःखद भएको भन्दै कांग्रेसले यो भन्दा पनि नारीहरु प्रतिको यस्ता खालका व्यवहार यो तहबाटै हुनु झनै गम्भीर विषय भएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया