राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण सुरु गरेको छ ।
प्राधिकरणले काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्दै छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकांक्षी योजनाका रुपमा अगाडि बढाउनुभएको हो ।
स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित बिलिङ लागू हुने छ । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ ।
यसबाट वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने छ ।
ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताउनुभयो । उनले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गर्नुभयो ।
नेपाल सरकारको लगानी र एसियाली विकास बैक एडीबीको सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाण्डौ उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाइएको हो । स्मार्ट मिटर जडानलाई देशभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ ।
रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आउँदो वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।