पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिककी सविता श्रेष्ठलाई

 असोज १४, २०७६ मंगलबार १९:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा रहेकाे अमेरिकी दूतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालले संयुक्त रुपमा आयाेजना गरेकाे पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिकका चितवन जिल्ला संवाददाता सविता श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

विजेता श्रेष्ठले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानुन बनाउन भइरहेको सकसका सम्बन्धमा गर्नुभएको खोजमूलक समाचार रिपोर्टिङका लागि पुरस्कार प्राप्त गर्नुभएको हो । पुरस्कार  अमेरिकी दूतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालले संयुक्त रुपमा विगत एक वर्षदेखि विभिन्न चरणमा आयोजना गरेको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्तिका रुपमा प्रदान गरिएकाे हाे ।

देशका सातवटै प्रदेशका आठ मुख्य शहरहरुमा गरिएको खोज पत्रकारिता रिपोर्टिङकाे प्रतिस्पर्धाबाट छानिएका सात जना अन्तिम प्रतिस्पर्धी फेलोहरुसहित राष्ट्रिय पुरस्कार विजेता श्रेष्ठलाई मंगलबार ललितपुरकाे होटल हिमालयमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नगद २ लाख रुपैँयासहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा राजदूत बेरीले अन्तिम प्रतिस्पर्धीहरु प्रदेश नम्बर १ बाट इटहरीका पूर्वी हटलाइन दैनिकका सम्वाददाता प्रेम बहादुर कार्कीढोली,, प्रदेश नम्बर २ बाट विरगञ्जका अनलाइन खबर सम्वाददाता सुरेश विडारी, प्रदेश नम्बर ३ बाट चितवनकी नागरिक दैनिक सम्वाददाता सविता श्रेष्ठ, गण्डकी प्रदेशबाट पाेखराका समाधान दैनिकका सम्वाददाता भरत कोइराला, प्रदेश नम्बर ५ नेपालगञ्जका अन्नपूर्ण पोस्ट् दैनिकका सम्वाददाता शंकरप्रसाद खनाल, कर्णाली प्रदेशबाट विरेन्द्रनगरकी कान्तिपुर सम्वाददाता चाँदनी कठायत, तथा सुदूरपश्चिम प्रदेशबाट धनगढीकी कान्तिपुर सम्वाददाता निर्मला खडायतलाई लेखनवृत्तिका लागि जनही ७० हजार रुपैँयासहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

यस अघि देशका सातवटै प्रदेशका आठ मुख्यमुख्य शहरहरुमा गएकाे वर्षदेखि विभिन्न चरणमा गरिएको विषयवस्तु छनौट परामर्श बैठक, कार्यशाला र स्टोरी लेखन कार्यमा सहभागी भएका २ सय ८७ जना पत्रकारहरुमध्येबाट २४ जनाले नगद ३० हजार रुपैँया पहिलो चरणको खोज पत्रकारिता लेखनवृत्ति प्राप्त गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया