४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइँदै
फागुन १५, २०८१ बिहिबार
बाँके – नेपालगञ्ज उप–महानगरपालिकाले खरिद गरी ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् ।
नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्यमन्त्री शंकर पोख्रेलले असोज १८ गते नगरबसको औपचारिक सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले जानकारी दिनुभयो ।
गएको असारमै बसहरु खरिद गरी ल्याइएको भए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा ढिलाइ भएको हो ।
बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ । नगर बस महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गर्न लागिएको हो । तीन करोड ४५ लाख रुपैयाँमा सात वटा बस खरिद गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।