विवाहको आश्वासनमा दिल्ली पुगेकी नेपाली किशोरीको उद्धार

 असोज १५, २०७६ बुधबार १८:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विवाह गर्ने आश्वासनमा भारतको राजधानी दिल्ली पुगेकी नवलपरासी बर्दघाटकी एक जना किशोरीको प्रहरीले उद्धार गरेको छ । 

पीडित किशोरीलाई दिल्लीको आनन्द बिहार घर बताउने नन्दन नामक व्यक्तिले झण्डै एक महिना पहिले व्हाट्सएपमार्फत कुराकानी गरेर प्रलोभनमा पारेका थिए । नन्दन नामक ती व्यक्तिले किशोरीलाई विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए । पीडित किशोरी गएको २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् । 

दिल्लीको आनन्द बिहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरीसँगै पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए । त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिकासम्बन्धी काम गर्ने महिलाहरुसँग सहयोग मागेकी थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहयोगमा नन्दनलाई पनि पक्राउ गरिएको छ । 

दलाल नन्दनले यसअघि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दनलाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवासमा पठाइएको थियो ।

सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताउनुभयो ।

दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया