संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर परराष्ट्र मन्त्री स्वदेश फिर्ता

 असोज १५, २०७६ बुधबार २०:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्र संघको ७४औँ महासभा बैठकमा भाग लिन अमेरिका जानु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किनु भएको छ ।

बैठकमा भाग लिन अमेरिका पुगेका मन्त्री ज्ञवालीले असोज १३ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नु भएको थियो । महासभालाई सम्बोधनका क्रममा उहाँले धनी र विकसित देशको लापर्वाहीका कारण जलवायु परिवर्तनको असर गरिब तथा साना देशले भोग्नुपरेको बताउनु भएको थियो ।

बैठकका क्रममा उहाँले विभिन्न देशका आफ्ना समकक्षसँग भेटवार्ता गर्नु भएको थियो भने सार्क मन्त्रिपरिषदको अनौपचारिक बैठकको नेतृत्व गर्नु भएको थियो ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया