राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्तिक १ गतेदेखि सुत्केरी भत्ता बाँड्ने

 असोज १६, २०७६ बिहिबार १६:४२:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवाका लागि आउने महिलाहरुले पाउने सुत्केरी भत्ताकाे फेरि कार्यान्वयनमा आउने भएको छ ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्तासमेत वितरण हुन सकेको थिएन ।स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले कार्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाहरुलाई सुत्केरी भत्ता दिने भएको हो ।

स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता २ करोड रुपैयाँ बजेट निकासा भएको र त्यसै अनुसार आउँदाे कार्तिक १ गतेबाट सुत्केरी भत्ता दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको शुल्क वृद्धि

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले आफूले दिने ओपीडी र इमरजेन्सी शुल्क वृद्धि गरेको छ । यसअघि ओपीडी शुल्क २५ र इमरजेन्सी शुल्क ३० लिँदै आएकोमा कार्तिक १ गतेदेखि ओपीडी शुल्क ६० र इमरजेन्सी शुल्कमा ८० कायम गरेको छ ।

शुल्क वृद्धिसम्बन्धी रिटमा उच्च अदालत तुलसीपुर, दाङले रिट खारेज गरेर शुल्क हेरफेर गर्ने अधिकार प्रतिष्ठानलाई दिएपछि प्रतिष्ठानले नयाँ शुल्क कायम गरेको रजिष्टार प्याकुरेलले बताउनु भयो ।

अन्तिम अपडेट: चैत २१, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया