राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा ट्रक ठोक्किएर पल्टिँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
विनय त्रिवेणी गाउँपालिका–२, दाउन्नेको विश्वकर्मा मन्दिर नजिक बिहीबार राति ९ बजे दुई वटा भारतीय ट्रक एक आपसमा ठोक्किँदा दुईतर्फी नै यातायात अवरुद्ध भएको थियो । जसका कारण अहिले पनि दाउन्ने क्षेत्रमा दुवैतर्फ झण्डै पाँच–पाँच किलोमिटर गाडीको लाम लागेको छ । यूपी ५३ सी टी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परेको एउटा ट्रकलाई सडकबाट हटाइए पनि २२ चक्के यूपी ५३ जेजे १२३९ नम्बरको ट्रक सडक छेउमै हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । अहिले एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ । तर सडकमा यातायातको चाप धेरै हुँदा दुवैतर्फ गाडीको लामो लाइन लागेको छ । एकतर्फी रुपमा गाडी सञ्चालनका लागि समेत दुर्घटनामा परेको ट्रकका कारण समस्या भएको छ ।
दुर्घटनामा परेको कोइला बोकेको २२ चक्के भारतीय ट्रक सडक छेउको नालामा खसेको छ । ट्रकलाई राति नै के्रनको सहायताले हटाउन खोजे पनि सफल भएन ।
अहिले थप के्रन मगाएर दुई वटा क्रेनले तान्ने योजना गरिएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख अविनास अधिकारीले बताउनुभयो । चाडबाडको समयमा लामो जाममा पर्दा यात्रुहरुलाई समस्या भएको छ । सडकको जाम खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।