राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
नवलपरासी – दुई वटा ट्रक ठोक्किएपछि नवलपरासीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अवरुद्ध भएको यातायात पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
झण्डै १६ घण्टापछि यातायात पूर्ण रुपमा सञ्चालनमा आएको हो । बिग्रिएको ट्रकलाई के्रनको सहायताले सडकबाट हटाएसँगै यातायात दुईतर्फी रुपमा नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख अविनाश अधिकारीले बताउनुभयो ।
बिहीबार राति ९ बजे विनयी त्रिवेणी गाउँपालिका–२, अन्तर्गत दाउन्नेमा दुई वटा भारतीय नम्बरका ट्रक एकापसमा ठोक्किएर सडक छेउमा पल्टिँदा सवारी सञ्चालनमा समस्या भएको थियो । यूपी ५३ सीटी ९३२६ र यूपी ५३ जेजे १२ ३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किँदा राति केहीबेर पूर्ण रुपमा यातायात बन्द भएको थियो ।
त्यसपछि एकतर्फी रुपमा सञ्चालनमा आएको यातायात अहिले पूर्ण रुपमा दुईतर्फी रुपमा नै सञ्चालन आएको छ । दुर्घटना स्थलको दुवैतर्फ झण्डै ५–५ किलोमिटर गाडीको लाम लागेको थियो ।
बिग्रिएको ट्रक हटाएर दुईतर्फी रुपमा यातायात सञ्चालन गरिएपछि जाममा परेका गाडी आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।