अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू हुँदै
माघ ७, २०७७ बुधबार
ललितपुर – ललितपुर महानगरपालिका–४ झम्सीखेलमा रहेको पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
बिहीबार राति विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी उनीहरुको साथबाट दुई लाख ६५ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।