महरा प्रकरण: घटनाकाे अनुसन्धानकाे अनुगमनका लागि उच्चस्तरीय टोली गठन

 असोज १७, २०७६ शुक्रबार १८:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोपमाथि भइरहेका अनुसन्धानबारे अनुगमन सुरु गरेको छ ।

संसद सचिवालयमा कार्यरत एक महिलाले महराले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकोबारे ध्यानाकर्षण गर्दै त्यसबारे भइरहेका अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरेको हो । आयोगले यसबारे भएका अनुसन्धानबारे अहिलेसम्म भएका कामको विवरण नेपाल प्रहरीसँग शुक्रबारै माग गरिएको आयोगका सचिव वेद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आयोगले पीडित भनिएकी महिला र समाचार लेख्ने पत्रकारको सुरक्षाको विषयमा पनि सूक्ष्म अनुगमन गर्ने र यो विषयमा सञ्चारमाध्यममा आइरहेका खबरको पनि अनुगमन गरिरहेको जनाएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिलाले महराले आफूलाई गएको आइतबार कोठामै पुगेर यौन हिंसा गरेको आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिइसक्नुभएकाे छ । तर भोलिपल्टै ती महिलाले महराले आफूलाई दुर्व्यवहार नगरेको र आफूहरुबीच बाबु छाेरीकाे जस्ताे नाता रहेकाे बताएपछि घटनामा नयाँ मोड आएको छ ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया