एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
बैशाख ६, २०८१ बिहिबार
दाङ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएर च्यापिएका ट्रक चालकको उद्धार गरिएको हो ।
ट्रकमा च्यापिएका चालकको उद्दार गरी उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । शनिबार बिहान दुई बजे भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
ट्रकमा च्यापिएका चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ११ जनाको दाङमै उपचार भैरहेको छ ।
ट्रकले च्यापिएका चालकको झण्डै आठ घण्टापछि उद्धार गरिएको हो ।
सम्बन्धित समाचार
ट्रक चालक पाँच घण्टादेखि ट्रकमुनि, उद्धारमा समस्या |