गाडीको चाप धेरै हुँदा नागढुंगामा जाम, खुल्न समय लाग्ने

 असोज १८, २०७६ शनिबार १२:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङको झ्याप्ले खोलामा यात्रुबाहक बस बिग्रिएपछि नागढुंगामा जाम भएको प्रहरीले जनाएको छ । 

काठमाण्डौबाट बाहिरिने गाडी धेरै भएको र चापको समयमा गाडी बिग्रिएपछि जाम बढेको प्रहरीको भनाइ छ । जामका कारण कलंकीबाट नागढुंगा कट्न तीन–चार घण्टा लागेको यात्रुले गुनासो गरेका छन् । 

नागढुंगाको जामको प्रभाव कलंकीसम्मै छ । धादिङतर्फ भने झ्याप्ले खोलाभन्दा उता खासै गाडीको चाप नरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

बिग्रिएको बस हटाउने प्रयास भैरहेको तर शुक्ररबार र बिहीबारकाे तुलनामा गाडी, मोटरसाइकल लगायत साधन धेरै भएकाले जाम कम हुन समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया