सप्तरीमा गोहीको आक्रमणबाट एक किशाेरकाे ज्यान गयो

 असोज १८, २०७६ शनिबार १९:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तकोशी नगरपालिका–९ मा गोहीको आक्रमणबाट एक जना किशाेरकाे ज्यान गएको छ । 

गोठालो गएको समयमा गोहीले आक्रमण गरेपछि कमलपुरका १४ वर्षीय रुपेशकुमार यादवको ज्यान गएको हो । गएको बुधबार गोठालो गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएर बेपत्ता भएका रूपेशको खोजी गर्ने क्रममा शनिबार शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ । 

घर नजिकैको पोखरीमा आहाल बसेको भैँसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) अयोध्या शरणले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ९, २०७६

तपाईको प्रतिक्रिया